Sunday, April 2
Shadow

स्वास्थ्य संकटमा भ्रष्टाचार र अमानवीयता विरुद्ध विप्लवकाे संघर्ष


  • -इ
  • इ+

काठमाडौ  । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ओली सरकारको निकृष्ट र अमानवीय कार्यका विरुद्ध विभिन्न संघर्षका कार्यक्रमको घोषणा गरेको छ ।

नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवलेे बुधबार एक विज्ञप्ति जारी गर्दै वर्तमान ओली सरकार राष्ट्र तथा जनताप्रति उत्तरदायित्व विहीन र हदैसम्म गैरजिम्मेवार बनिरहेको टिप्पणी गर्दै देशभर कोणसभा लगाएत विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

नेकपाले सरकारका यस्ता किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेको दावी गरेकाे छ । साथै नेकपाले नागिरककाे निःशुल्क कोरोना परीक्षण र उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।

महासचिव विप्लवद्वारा जारी विज्ञप्तिामा भनिएको छ ‘कोरोना महामारीको विश्वव्यापी प्रकोपले विश्व र नेपाली जनतामा पारेको भयावह अवस्थामा सरकारले राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुर्रयाउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय हो । यसले सरकारको जनताप्रतिको चरम लापरबाही र असंवेदनशीलतालाई नै पुष्टि गरेको छ । हाम्रो पार्टी यतिबेला सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विशेष माग गर्दछ’, ।

विप्लवले कोरोना महामारीविरुद्ध निरन्तर खटिरहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई राज्यबाट प्रोत्साहन र सहयोग गर्नुपर्नेमा कतिपय अवस्थामा उल्टै प्रताडित हुनुपरेका घटनाहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत जनाउँदै उचित व्यवस्था गर्न माग गरेका छन् ।

नेकपाले स्वास्थ्य सङ्कटमा भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने हर्कत भइरहेको भन्दै  ओली सरकारका विरुद्ध कात्तिक १५ गते देशभर कोणसभा, १७ गते पर्चा वितरण र २० गते विराेधजुलुस निकाल्ने कार्यक्रम तय समेत भएको जनाएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्