Friday, February 3
Shadow

प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोना सङ्क्रमणमुक्त


  • -इ
  • इ+

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

बिहीबार गरिएको पिसीआर परीक्षणका क्रममा उनीहरूको नेगेटिभ रिपोर्ट आएको प्रेस सल्लाहकार थापाले बताए । सबैलाई १७ असोज १७ मा सङ्क्रमण देखिएको थियो ।

थापाका अनुसार तीनै जनाको परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

उनले भनेका छन्, ‘हामीले कोरोना सङ्क्रमण सात दिन बित्दानबित्दै जित्न सकेका छौँ । हामीप्रति शुभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति आभारी र कृतज्ञ छौँ ।’

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्