Saturday, April 1
Shadow

सञ्चारगृहका श्रमजीवीहरु आन्दाेलित, रिले अनसनदेखि बालुवाटारमा धर्नासम्म


  • -इ
  • इ+

काठमाडौ १३ असाेज । काठमाडौँका विभिन्न सञ्चारगृहका पीडित पत्रकार तथा कर्मचारीहरु संयुक्त रुपमा आन्दोलनमा उत्रिएका छन् ।

पीडित पत्रकार तथा कर्मचारी संयुक्त संघर्ष समितिको बैठकले रिले अनसनदेखि राष्ट्रिय र अन्तराष्ट्रिय संघ संस्थालाई जानकारी गराउनेसम्मका आन्दोलन घोषणा घोषणा गरेको छ ।

घोषित कार्यक्रम अन्तर्गत असोज १५ गतेदेखि २० गतेसम्म ५ दिने रिले अनशन, असोज २१ गते अन्नपूर्णपोस्ट र कान्तिपुर टेलिभिजन मा एक घण्टा घेराउ कार्यक्रम तय भएको छ ।

सोज २२ गते कारोबार दैनिक र कान्तिपुर मिडिया ग्रुपमा एक घण्टा घेराउ, असोज २३ गते नागरिक दैनिकमा एक घण्टा घेराउ र असोज २४ गते नेपाल आजमा एक घण्टा घेराउ गर्ने कार्यक्रम तय भएको समिति संयोजक धर्मेन्द कर्णले जानकारी दिए ।

त्यस्तै असोज २५ गते सूचना तथा प्रशारण विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिमा लालटिन बालेर प्रर्दशन गर्ने, असोज २७ गते बालुवाटारमा आधा घण्टा शान्तिपूर्ण धर्ना कार्यक्रम तय भएको छ । कान्तिपुर, कारोबार, नागरिक, अन्नपूर्ण लगायतका संचारमाध्मयमा भइरहेको श्रमशोषणको बारेमा सबै शुभेच्छुक संघ संगठन र ऐक्यवद्धता दिन आव्हान गर्ने निर्णय समेत भएको संयोजक कर्णले जानकारी दिए ।

संचारगृहको ज्यादति र शोषणको विषयमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रतिनिधि सभा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, सञ्चार र श्रम मन्त्रालय लगायतलाई ज्ञापनपत्र सहित ध्यानाकर्षण गर्ने पनि संघर्ष समितिले निर्णय गरेको छ ।

सत्तापक्ष र प्रतिपक्ष एवं अन्य राजनीतिक दलहरु, कूटनीतिक नियोग, मानव अधिकार, सञ्चार सम्बद्ध संघ संगठनहरु, ट्रेड युनियनहरु तथा श्रम अधिकारसँग सरोकार राख्ने राष्ट्रिय र अन्तराष्ट्रिय संघ संस्था तथा सम्बन्धित निकायहरुमा जानकारी गराइ समर्थन प्राप्त गर्ने निर्णय भएको संयोजक कर्णले जानकारी दिए ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्