भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ५० हजार ९२१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ९४१ जनाको मृत्यु भएको हो ।
त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २६ लाख ४७ हजार ६६४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ५७ हजार ९८२ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा अहिलेसम्म कोरोना भाइरसका १९ लाख १९ हजार ८४३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
जिलपछि भारत कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित भेटिएको मुलुक हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका दुई करोड १६ लाख ७२ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् ।