Thursday, October 6
Shadow

विश्वभर कारोना संक्रमितको संख्या २ करोड १० लाख नाघ्यो


  • -इ
  • इ+

एजेन्सी–विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १० लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोेड १० लाख ५४ हजार २ सय २० पुगेको हो। संक्रमणका कारण हालसम्म ७ लाख ६२ हजार २ सय ६२ को मृत्यु भएको छ भने निको हुनेको संख्या १ करोड ३१ लाख १ सय ५६ छ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५३ लाख ४ हजार ६ सय ८२ पुगेको छ भने १ लाख ६८ हजार ३ सय १८ जनाको मृत्यु भएको छ। यस्तै, ब्राजिलमा ३२ लाख २४ हजार ८ सय ७६ संक्रमित र १ लाख ५ हजार ४ सय ६३ को मृत्यु, भारतमा २४ लाख ६१ हजार १ सय ९० संक्रमित र ४८ हजार ४० को मृत्यु, रुसमा ९ लाख १० हजार ७ सय ७८ संक्रमित र १५ हजार ४ सय ७६को मत्यु, दक्षिण अफ्रिकामा ५ लाख ७९ हजार १ सय ४० संक्रमित र ११ हजार ५ सय ५६ जनाको मृत्यु भएको छ।

मेक्सिकोमा भने ५ लाख ५ हजार ७ सय ५१ जना संक्रमित र ५५ हजार २ सय ९३ जनाको मृत्यु भएको छ। मेक्सिकोमा मृत्यु हुनेहरुको संख्या अमेरिका र ब्राजिलपछि धेरै छ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्