Monday, May 29
Shadow

रुसले दर्ता गर्‍यो विश्वको पहिलो कोरोना भ्याक्सिन


  • -इ
  • इ+

एजेन्सी । रुसले कोरोना भाइरसविरुद्ध विश्वको पहिलो भ्याक्सिन दर्ता गरेको घोषणा राष्ट्रपति भ्यादिमिर पुटिनले गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको प्राणघातक रोगविरुद्ध प्रतिरोधी क्षमता विकास गर्नका लागि यो डोज प्रभावकारी रहेको उनले बताए ।
‘मैले बुुझेअनुसार कोरोना भाइरसविरुद्धको विश्वको पहिलो भ्याक्सिन यसै बिहान रुसमा दर्ता भएको छ,’  राष्ट्रपति पुटिनले सरकारका सदस्यहरुलाई भने, ‘म ती सबैलाई धन्यवाद् दिन्छु, जसले  भ्याक्सिन निर्माणमा काम गरे । यो पुरै विश्वका लागि महत्वपूर्ण क्षण हो ।’

पुटिनले रुसमा स्वेच्छाअनुसार भ्याक्सिन लगाउने कार्यक्रम अघि बढाउनुपर्ने बताए । उनले यस भ्याक्सिन लगाउन कसैलाई बाध्य नगरिने बताए । आफ्नी एक छोरीले पनि यस भ्याक्सिन लगाइसकेको खुलासा पुटिनले गरे ।  ‘मलाई थाहा छ कि यसले स्थिर इम्युनिटी विकास गर्छ, प्रभावकारी काम गर्छ र म दोहोर्याएर भन्छु, यसले सबै परीक्षण पास गरिसकेको छ,’ उनले भने ।

कोभिड–१९ का कारण अहिलेसम्म विश्वभर ७ लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै २ करोडभन्दा धेरैमा संक्रमण देखिएको छ । पुटिनले स्वास्थमन्त्री मिखाइल मुरास्र्कोलाई भ्याक्सिनबारे थप जानकारी उपलब्ध गराउन भनेका थिए । मुरास्र्कोले आगामी जनवरीसम्म सबैसमक्ष भ्याक्सिन पुगिसक्ने आशा गरे । अहिले भने स्वास्थ्यकर्मी र शिक्षकहरुलाई प्राथमिकतामा राखिएको छ ।

विश्वका अति प्रभावित देशको सूचीमा अमेरिका, ब्राजिल र भारतपछि रुसको नाम आउँछ । रुसमा ८ लाख ९५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने १५ हजार १ सय ३१ जनाको मृत्यु भइसकेको छ ।  अमेरिकामा ५० लाखभन्दा धेरै, ब्राजिलमा ३० लाखभन्दा धेरै र भारतमा २० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्