Thursday, June 1
Shadow

प्रदेश ५ की सांसद केसीलाई कोरोना संक्रमण पुष्टि


  • -इ
  • इ+

प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् ।

उनले आफ्नो नजिक सम्पर्कमा आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् ।

‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्दछु,’ सांसद केसीले फेसबुकमा लेखेकी छन् ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा शनिबार बाँकेका ७ जना महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए । सांसद केसी आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा कोरोना महामारीका बेला आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने गरेकी थिइन् ।

नेपालगन्ज तीन दिन ‘शील’

कोरोना संक्रमण दर फेरि बढेपछि नेपालगन्ज उपमहानगरपालिका तीन दिनसम्म पूर्णरुपमा शील गरिएको छ । जिल्लास्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले शनिबार राति १२ बजेदेखि मंगलबार र राति १२ बजेसम्मका लािग नेपालगन्जलाई चारै दिशाबाट शिल गरेर हिँडडुलमा पूर्णतया रोक लगाएको हो ।

शील गरिएको अवधिमा सुरक्षा निकाय र स्वास्थ्यबाहेकका सवारी साधन चल्न नपाउने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

यसअघि नै बाँकेमा निषेधाज्ञा जारी गरिएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्