Sunday, March 26
Shadow

रियल मड्रिडलाई हराउँदै म्यानचेष्टर सिटी क्वाटरफाइनलमा


  • -इ
  • इ+

१३ पटकको विजेता रियल मड्रिडलाई हराउँदै इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ को दोस्रो लेगमा रियललाई २–१ ले हराउँदै सिटीले समग्रमा ४–२ को जित हात पारेको हो । पहिलो लेगमा सिटीले रियललाई रियलकै मैदानमा २–१ ले पराजित गरेको थियो ।

दोस्रो लेगमा सिटीका लागि घरेलु मैदानमा रहिम स्ट्रलिङ र गाब्रिएल जेसलले गोल गरे । रियलका लागि करिम बेन्जामाले एक गोल फर्काए ।

स्ट्रलिङले नवौं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा बेन्जामाले गोल फर्काउँदै रियलको आशा कायमै राखेका थिए ।

तर दोस्रो हाफमा जेसलले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसपछि रियलले गोल थप्न सकेन र सिटी २–१ ले विजयी भयो ।

अघिल्लो खेलमा रातो कार्ड पाएका रियलका कप्तान सर्गियो रामोस भने सिटीविरुद्ध खेल्न पाएनन् र रियललाई उनको अभाव पनि खड्कियो ।

सिटीले अब पोर्चुगलमा हुने क्वाटरफाइनलमा फ्रेन्च क्लब लियोनसँग खेल्नेछ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्