Sunday, March 26
Shadow

म्यानचेस्टर युनाइटेड र इन्टर मिलान क्वाटरफाइनलमा


  • -इ
  • इ+

म्यानचेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

अन्तिम १६ को दोस्रो लेगमा अस्ट्रियन क्लब एलएएसकेलाई २–१ ले हराउँदै समग्रमा ७–१ को जितसहित युनाइटेड अन्तिम ८ मा पुगेको हो ।

पहिले लेगमा युनाइटेड ५–० ले विजयी भएको थियो । बुधबार राति भएको दोस्रो लेगमा पछि परेको युनाइटेडले पुनरागमन गरी जित दर्ता गरेको हो । एलएएसकेका लागि ५५ औँ मिनेटमा कप्तान फिलिप विइसिन्जरले गोल गरेर सुरुवाति अग्रता दिलाए ।

त्यसको दुई मिनेटपछि जेसी लिङ्गार्डले म्यानचेस्टर युनाइटेडका लागि गोल गरे । ८८ औँ मिनेटमा एन्थोनी मार्सलले गोल गरेसँगै दोस्रो लेगमा युनाइटेड २–१ ले विजयी भयो ।

सेमिफाइनल प्रवेशका लागि युनाइटेडले एफसी कोपनहेगनसँग प्रतिस्पर्धा गर्ने छ । इस्थानबुल बासाक्सेहिरलाई समग्रमा ३–१ ले पराजित गरेर कोपनहेगनले पनि अन्तिम ८ मा स्थान बनाएको छ ।

युरोपा लिगकै अर्को खेलमा इन्टर मिलानले गेटाफेलाई २–० ले हरायो । इन्टर मिलानका लागि लुकाकुले ३३ र इरेक्सनले ८३ औं मिनेटमा गोल गरेका थिए ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्