Friday, February 3
Shadow

इटालियन सिरीमा इन्टर र एटलान्टा विजयी


  • -इ
  • इ+

इटालियन सिरी ए अन्तर्गत मंगलवार राति भएको खेलमा इन्टर र एटलान्टा विजयी भएका छन् । इन्टरले नापोलीलाई सहजै र एटलान्टाले पार्मामाथि पुनरागमन जित हात पारेका हुन् ।

दोस्रो स्थानको इन्टरले सातौं स्थानमा रहेको नापोलीलाई २-० ले हरायो । घरेलु मैदानमा इन्टरका लागि ११औं मिनेटमा डानिलो डि’एम्ब्रिसो र ७४औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गरे ।

इन्टरले यसअघि नै युरोपियन च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको छ । तर यस हार नापोलीको लागि भने महाँगो सवित भएको छ । नापोली युरोपा लिगमा सीधै छनोट हुन सक्ने छैन। यस्तै युरोपा लिग छनोटमा पुग्न पनि अन्तिम खेल जित्नुपर्नेछ भने एसी मिलानको खेलको नतिजा कुर्नुपर्नेछ । जितपछि इन्टरले ३७ खेलबाट ८९ अंक जोडेको छ । नापोलीको समान खेलबाट ५९ अंक छ ।

उता तेस्रो स्थानको एटलान्टाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै पार्मालाई २-१ ले पराजित गरेको छ । ४३औं मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गर्दै पार्मालाई पहिले अग्रता दिलाएका थिए ।

तर एटलान्टाले दोस्रो हाफमा दुई गोल फर्कायो । ७०औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले एटलन्टाका लागि बराबरी गोल फर्काए । ८४औं मिनेटमा एलेजान्द्रो गोमेजले गोल गर्दै एटलान्टालाई जित दिलाएका हुन् । जितपछि एटलान्टाले ३७ खेलबाट ७८ अंक जोडेको छ । पार्मा ४६ अंकसहित ११औं स्थानमा छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्