Thursday, June 1
Shadow

एमबाप्पेले च्याम्पियन्स लिग क्वाटरफाइनल गुमाउने


  • -इ
  • इ+

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड किलियन एमबाप्पेले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको खेल गुमाउने भएका छन् । एंकल इन्जुरीको कारण एमबाप्पेले आगामी अगष्ट १२ मा हुने इटालियन क्लब एटलान्टाविरुद्धको खेल खेल्न नसक्ने भएका हुन् ।

फ्रेन्च क्लब फाइनल अन्तर्गत २१ वर्षीय एमबाप्पेलाई चोट लागेको थियो । उनलाई सेन्ट एटिनेका डिफेन्डर लोइक पेरिनले खराब ट्याकल गरेका थिए । जसले गर्दा एमबाप्पे थोरै समय मात्र मैदानमा बिताउन पाए । नेमारको एक मात्र गोल मद्दतमा पिएसजीले उक्त खेल जित्दै उपाधि जितेको थियो ।

एमबाप्पेको चोट निको हुन कम्तीमा ३ साता लाग्ने बताइएको छ । तर, पीएसजी सेमिफाइनलमा पुगे अगष्ट १८ मा हुने खेलका लागि एमबाप्पे मैदान फर्कन सक्ने बताइएको छ ।

यस सिजनको च्याम्पियन्स लिग फाइनल पोर्चुगलको लिस्बनमा अगष्ट २३ मा हुनेछ । कोरोनाभाइरस महामारीले गर्दा यस पटक क्वाटरफाइनलदेखि सिंगल लेग खल मात्र हुनेछ भने क्वाटरफाइनलदेखि फाइनलसम्मको खेल लिस्वनमै खेलाइनेछ ।

महामारीले गर्दा यस सिजनको च्याम्पियन्स लिगका खेलहरु केही ढिला हुन लागेको हो ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्