Saturday, March 25
Shadow

नोकियासँग बदला लिने चीनको योजना


  • -इ
  • इ+

चिनियाँ कम्पनी हुवावेको फाइभ जी प्रविधिमाथि अमेरिका र बेलायतले प्रतिबन्ध लगाइसकेका छन् । उक्त प्रतिबन्धलाई युरोपेली युनियनले समेत अंगिकार गर्ने सम्भावना बढिरहेको बेला चीनले युरोपेली कम्पनीहरुसँग बदला लिने योजना बनाइरहेको बताइएको छ ।

युरोपेली युनियनले हुवावेको फाइभ जी प्रविधिको प्रयोगमा बन्देज लगाएको खण्डमा युरोपेली टेलिकम कम्पनीहरु नोकिया तथा इरिक्सनसँग त्यसको बदला लिने सोच चीनको रहेको वालस्ट्रिट जर्नलले दाबी गरेको छ ।

बेलायतले गत हप्ता आफ्ना टेलिकम अपरेटरहरुलाई हुवावेसँग बाट फाइभ जी नेटवर्कका कुनैपनि प्रविधि खरीद नगर्न आदेश दिएको छ । अहिलेसम्म फाइभ जी प्रविधिमा हुवावे कम्पनीबाट खरिद गरिएका उपकरण तथा प्रविधि सबैलाई सन् २०२७ सम्ममा हटाइसक्नसमेत बेलायत सरकारले निर्देशन दिएको छ ।

हुवावेविरुद्ध अमेरिकी नेतृत्वको यस अभियानबाट स्विडेनका नोकिया र इरिक्सन कम्पनीहरुलाई प्रत्यक्षरुपमा सबैभन्दा धेरै फाइदा पुग्ने देखिएको छ ।

यस परिप्रेक्ष्यमा चीनको वाणिज्य मन्त्रालयले निर्यातमाथि नियन्त्रण गर्ने योजना बनाएको छ । जसबाट नोकिया तथा इरिक्सन कम्पनीले चीनमा उत्पादित प्रडक्टहरु अन्य देशमा निर्यात गर्नमा बाधा उत्पन्न हुनेछ ।

युरोपेली मुलुकहरुले हुवावेलगायतका चिनियाँ कम्पनीहरुमाथि प्रतिबन्ध लगाएको अवस्थामा बेइजिङले उठाउने यस्तो कदम असाधारण हुने अनुमान गरिएको छ ।

स्मरणरहोस् ईयुले अहिलेसम्म आफ्ना सदस्य मुलुकहरुमा फाइभ जी नेटवर्कका हुवावेको प्रविधि प्रयोगमा कुनै प्रतिबन्धको सिफारिस गरेको छैन । तथापि उसले हालै एउटा यस्तो टुलबक्स जारी गरेको छ । सुरक्षा मापदण्डको रुपमा रहेको उक्त टुलबक्स सदस्य मुलुकहरुका लागि तयार गरिएको मापदण्ड हो, जसलाई सदस्य मुलुकहरुले फाइभ जी नेटवर्क स्थापनाका क्रममा निर्यातकर्ता छनोट गर्दा पालना गर्नु पर्नेछ । यस्तो मापदण्ड सांकेतिक रुपमा हुवावेप्रति नै लक्षित रहेको अड्कल काटिएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्