Wednesday, September 28
Shadow

इन्टर बराबरीमा रोकिँदा युभेन्ट्सलाई फाइदा


  • -इ
  • इ+

इटालियन सिरी ‘ए’मा तेस्रो स्थानको इन्टर मिलान बराबरीमा रोका लिग लिडर युभेन्ट्स लगातार नवौं पटक उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा इन्टर फियोरिन्टिनासँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरी पछि इन्टरले दोस्रो स्थानमा उक्लने अवसर समेत गुमायो ।

युभेन्ट्सले दोस्रो स्थानको एटलान्टामाथि ६ र तेस्रो स्थानको इन्टरमाथि ७ अंकको अग्रता बनाएको छ । युभेन्ट्सले अझै एक खेल कम खेलेको छ ।

युभेन्ट्सले चार मध्ये एक खेल मात्र जितेमा पनि च्याम्पियन बन्नेछ । युभेन्ट्सले आज उडिनेसीसँग प्रतिस्पर्धा गर्दैछ ।

सिरी ए कै अन्य खेलमा रोमाले अन्तिम स्थानमा रहेको एसपीएललाई ६-१ ले पराजित गरेको छ । जितपछि ३५ खेलबाट ६१ अंक जोड्दै रोमा पाँचौ स्थानमा उक्लेको छ ।

उता पार्मासँग २-१ ले पराजित भएको नापोली ५६ अंकसहित सातौं स्थानमै यथावत छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्