Friday, October 7
Shadow

बिहे गर्ने प्रलोभनमा बालिकामाथि बलात्कार


  • -इ
  • इ+

काठमाडौं । बालिकालाई प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षीय जय राई छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार राईले शुक्रबार नागर्जुन नगरपालिका–१०, खड्का गाउँस्थित आफ्नो साथीको डेरामा बालिकालाई लगेर जबरजस्तीकरणी गरेको उजुरी परेको छ । घटनाबारे जानकारी पाएलगत्तै ललितपुरको सातदोबाटोबाट उनलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित बालिका १६ वर्षीया हुन् । बिहे गर्छु भनेर उनलाई साथीको कोठासम्म लगेको पाइएको भनिएको छ । थप अनुसन्धान जारी छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्