Monday, March 27
Shadow

खुमलटारमा प्रचण्ड पक्षीय स्थायी कमिटी सदस्यहरुको भेला


  • -इ
  • इ+

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु निटकटका स्थायी समिति सदस्यहरुसँग छलफल गरेका छन्।

प्रचण्ड निवास खुमालटारमा भएको भेलामा पूर्व माओवादी पक्षधर सबै स्थायी समिति सदस्यहरु रहेका छन्।

गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट भने सहभागी छैनन्।

पूर्व माओवादीहरु छिन्नभिन्न भएको भन्दै प्रचण्डले स्थायी समिति सदस्यहरुलाई खुमलटार बोलाएका हुन्।

‘पूर्व माओवादी समुह कोही यता कोही उता जस्तो देखियो। त्यसैले अध्यक्षले सबैलाई बोलाउनु भएको हो’, श्रोतले भन्यो,’यो बेलामा एक मत होस भनेर छलफल भएको हो।’

पूर्व माओवादी निकटका स्थायी समिति सदस्यहरु कोही प्रधानमन्त्री निकट लागेका छन् भने कोही ओली र प्रचण्ड मिल्नुपर्छ भन्ने पक्षमा छन्।

कोही स्थायी समिति सदस्यहरू प्रचण्ड र माधव नेपालको गठबन्धनमा रहेका छन् भने कोही ओली र प्रचण्ड मिल्नुपर्छ भन्नेमा छन्।

तर उद्योगमन्त्री एवं स्थायी समिति सदस्य लेख राज भट्ट भने पूर्णरूपमा ओलीको पक्षमा गइसकेका छन्।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्