Friday, February 3
Shadow

युनाइटेडलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा


  • -इ
  • इ+

लण्डन क्लब चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । म्यानचेष्टर युनाइटेडलाई दोस्रो सेमिफाइनलमा ३-१ ले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो ।

चेल्सीले अब फाइनलमा अर्को लण्डन क्लब आर्सनलसँग खेल्नेछ । आर्सनलले अर्को म्यानचेष्टर क्लब सिटीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

वेम्वलीमा भएको लमा चेल्सीले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो । पहिलो हाफको इन्जुरी टाइममा ओलिभर जिरुडको गोलबाट चेल्सीले अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमै मासोन माउन्टले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।

७४औं मिनेटमा युनाइटेडका कप्तान ह्यारी मगुइरले आत्मघाती गोल गर्दा चेल्सीले ३-० को अग्रता बनाएको थियो । ८६औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत युनाइटेडका लागि सान्त्वना गोल फर्काए । चेल्सीका कलुम हड्सन ओडोले एन्टोनी मार्सिएललाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्