Monday, May 29
Shadow

चीनको यो शहर ‘युद्धको स्थिति’ मा किन भयो ?


  • -इ
  • इ+

कोरोनाभाइरस संक्रमणको बढ्दो मामिलापछि चीनको पश्चिम शिजियाङ क्षेत्रको राजधानी उरुमचीलाई ‘युद्धको स्थिति’ मा भएको इलाकाको रुपमा घोषणा गरिएको छ ।

शनिबार १७ नयाँ संक्रमित पाएपछि मानिसहरुको आवतजावतको विषयमा अधिकारीले कडा कदम उठाएका छन् ।

यद्यपि, यो संख्या कम छ र गत वर्ष ऊहान शहरमा कोभिड–१९ महामारीको सुरुवात पछि चीनमा खासै संक्रमितको संख्या यसरी ह्वात्तै बढेको पनि छैन ।

चीन यतिबेला कोभिड–१९ को संक्रमण र यसका कारण भएको मृत्युको मामिलामा संसारको शीर्ष २० देशमा पनि समावेश छैनन् ।

जोन होपकिन्स विश्वविद्यालयका अनुसार चीनमा संक्रमितको संख्या ८५ हजार रहेको छ भने ४ हजार ६ सयको मृत्यु भएको छ ।

शिजियाङ विशेषगरी विगर मुसलमान र अन्य टर्की अल्पसंख्यकको बसोबास थलो हो । साथै यहाँ सरकारको कडा नियन्त्रण छ । यसको राजधानी उरुमचीको जनसंख्या ३५ लाख छ ।

ताजा संक्रमितको संख्या बुधबार भेटिएको हो । यो क्षेत्रमा थुप्रै महिनापछि संक्रमित भेटिएका हुन् । तत्पश्चात्, शहरबाट आवतजावत गर्ने सबै उडानलाई बन्द गरिएको छ । सबवे सेवा पनि रद्द गरिएको छ ।

शनिबार अधिकारीले १७ संक्रमित भेटिएका छन् । एक अधिकारीले पत्रकार सम्मेलनमा भने, ‘पूरा शहर युद्धकालीन स्थितिमा प्रवेश गरिक़सकेको छ र सबै प्रकारको सामूहिक गतिविधिलाई रद्द गरिएको छ । ’

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्