Sunday, April 2
Shadow

चन्द समूहका रोल्पा इन्चार्ज थापा पक्राउ


  • -इ
  • इ+

प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहका रोल्पा इन्चार्ज कमल थापालाई पक्राउ गरेको छ । उक्त समूहका राप्ती ब्यूरो सदस्य समेत रहेका थापालाई प्रहरीले शुक्रबार उनकै घर गजुलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चन्दा संकलन, बम विस्फोट र टेलिफोन टावरमाथि आक्रमण गरेको अभियोग लागेका थापालाई उनको घर पूर्वी रोल्पास्थित सुनिलस्मृति गाउँपालिकाको गजुलबाट पक्राउ गरी सदरमुकामस्थित प्रहरी हिरासतमा ल्याइएको हो ।

‘उहाँ विरुद्ध यसअघि नै विभिन्‍न मुद्दा दर्ता गरिएको थियो । हामीले पक्रेर अदालतमा उपस्थित गराउने काम गरेका हौं,’ जिल्ला प्रहरी कार्यालयका निरीक्षक शंकर खड्काले बताए । शुक्रबार सदरमुकाममा ल्याइएका उनी विरुद्ध शनिबारदेखि प्रहरीले मुचुल्का तयार पार्न थालेको हो ।

थापाको पक्राउपछि उक्त समूहका राप्ती ब्यूरो इन्चार्ज समरले विज्ञप्ती जारी गर्दै विरोध र रिहाइको माग गरेका छन् ।

प्रहरीका अनुसार थापालाई आइतबार रोल्पा अदालतमा उपस्थित गराउने तयारी भएको छ । प्रहरीले यसअघि चन्द समूहका ३ जना जिल्ला इन्चार्जलाई पक्राउ गरेको थियो । यसअघि थबाङका जयप्रकाश रोका, लिबाङका दलबहादुर खत्री र गजुलकै सन्तोष सुवेदीलाई पनि प्रहरीले विभिन्न अभियोगमा पक्राउ गरेको थियो ।

जयप्रकाश बाहेक अन्य दुई जनालाई अदालतको आदेशमा रिहाइ गरिएको छ भने थप केही नेता कार्यकर्तालाई कारागारमा राखिएको छ । जयप्रकाशसहित चन्द समूहका अन्य नेता हाल रोल्पा कारागारमा छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्