Thursday, June 1
Shadow

पठाओका संस्थापक फहिम सलेह मृत भेटिए


  • -इ
  • इ+

बीबीसीअन्तर्राष्ट्रिय राइड-शेयरिङ कम्पनी पठाओका संस्थापक फहिम सलेह सोमबार अमेरिकाको न्युयोर्कमा मृत फेला परेका छन् । उनको शरीर विखण्डित अवस्थामा फेला परेको बताइएको छ ।

प्रहरीले आधिकारिकरुपमा केही बताएको छैन । सलेह संस्थापक रहेको अर्को कम्पनी गोकाडाले भने बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनको मृत्यु भएको पुष्टि गरेको छ । उनी गोकाडाका सीईओ पनि थिए ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार सीसीटीभी फुटेजमा उनी मास्क लगाएका एक मानिससँग लिफ्टमा प्रवेश गर्दै गरेको देखिएको छ । उनको शरीर काटिएको र छिन्नभिन्न भएको अवस्थामा फेला परेको थियो । नजिकै एक विद्युतीय आरो पनि फेला परेको थियो ।

३३ वर्षीय सलेह बंगलादेशी आप्रवासीका छोरा थिए । उनले माध्यमिक शिक्षा लिँदै गर्दा पहिलो कम्पनी खोलेका थिए ।

उनले अन्य साथीहरुसँग मिलेर सन् २०१५ मा पठाओको स्थापना गरेका थिए । जुन, अहिले नेपाल र बंगलादेशमा लोकप्रिय छ ।

पछिल्लो समय उनले नाइजेरियामा मोटरबाइक ट्याक्सी एप गोकाडा पनि खोलेका थिए ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्