Tuesday, December 6
Shadow

चौथो दिनको समाप्तीमा इंग्ल्याण्डलाई १७० रनको अग्रता


  • -इ
  • इ+

काठमाडौं । वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा घरेलु टोली इंग्ल्याण्डले चौथो दिनपछि १७० रनको अग्रता लिएको छ ।

दोस्रो इनिङ्समा बिना क्षति १५ रनको अवस्थाबाट चौथो दिनको खेल सुरु गरेको इंग्ल्याण्डले दिन समाप्तीमा ८ विकेट गुमाएर २८४ रन बनाएपछि १७० रनको अग्रता बनाएको हो ।

इंग्ल्याण्ड पहिलो इनिङ्समा २०४ रनमा अलआउट भएको थियो । वेष्ट इन्डिजले पहिलो इनिङ्समा ३१८ रन बनाएको थियो ।

इंग्ल्याण्डका लागि दोस्रो इनिङ्समा ज्याक क्रावलेले सर्वाधिक ७६ रन बनाए । यस्त ओपनर डम सिब्लेले ५० रन जोडे । यस्तै कप्तान बेन स्टोक्सले ४६ रन जोडे ।

वेष्ट इन्डिजका शानन गाब्रीएलले ३ विकेट लिए भने रोस्टन चेस र अल्जारी जोसेफले २-२ विकेट लिए।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्