Tuesday, May 30
Shadow

आज ११८ जनामा कोरोना संक्रमण भेटियो भने १२० जना डिस्चार्ज


  • -इ
  • इ+

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ८ हजार ११ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुुसार सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा थपिएका छन् । काठमाडौंमा मात्र २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै ललितपुरमा १३, सुर्खेतमा ११, सर्लाही र तनहुँमा ८/८ जना, गुल्मीका ६ जना र धनुषा, महोत्तरी र पाल्पाका ४/४ जनामा संक्रमण पुष्टि भएको छ ।

इलाम, पाँचथर, सिराहा, काभ्रे, रौतहट, बाग्लुङ, नवलपरासी र दैलेखका २/२ जना तथा रसुवा, डोटी, चितवन, बाँके, भक्तपुर, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रुपन्देही, मकवानपुर, धादिङ, कैलाली, गोरखा, बाजुरा, डोल्पा र सल्यानमा एक/एक संक्रमित थपिएका छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्