Sunday, April 2
Shadow

सिन्धुलीमा १७ महिनाअगाडि नै पुल निर्माण सम्पन्न


  • -इ
  • इ+

सिन्धुली । सिन्धुलीमा दुईवटा ५ सय मिटर लामा पुलहरू सम्झौता अवधिभन्दा अगाडि नै निर्माण सम्पन्न भएका छन् ।

जिल्लाको दुधौली नगरपालिकामा रसुवा कन्स्ट्रक्सनले निर्माण गरेको ५ सय मिटर र ६ सय मिटरका दुईवटा पुल सम्झौता अवधिभन्दा सत्र महिनाअगावै निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो ।

२७ मंसिर ०७४ मा निर्माण सम्झौता भई ०७८ जेठ र मंसिरमा सम्पन्न गर्ने जिम्मा कन्स्ट्रक्सनले पाएको इन्जिनियर डिल्लीप्रसाद ढकालले बताए । उनका अनुसार दुधौली नगरपालिकाको टाँडीमा निर्माण भएको ६ सय मिटर लामो पुल ०७८ मंसिर २७ गतेसम्ममा निर्माण गरिसक्नुपर्ने र डकाहामा निर्माण भएको ५ सय मिटर लामो पुल ०७८ जेठ २७ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्नेमा ०७७ जेठ तेस्रो हप्ताभित्रै निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।

जेठ अन्तिमबाट साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न दिएको भए पनि असार १५ बाट भने ठूला सवारीसाधन सञ्चालनमा आएको ढकालले बताए ।

मदन भण्डारी राजमार्गमा पर्ने पुलहरूमध्ये ४३ वटा पुल रसुवा कन्स्ट्रक्सनले पाएकामा सबै पुलहरूको निर्माण कार्य सम्पन्न भइसकेको इन्जिनियर ढकालले बताए । राजमार्गमा निर्माण भएका पुलहरूको निर्माण कार्य सम्पन्न भए पनि पुलको वारिपारिको भाग पिच गर्न बाँकी छ ।

कन्स्ट्रक्सनले जिम्मा पाएका पुलहरू अहिलेसम्म कुनै पनि सम्झौता अवधिभन्दा पछाडि नधकेलिएको उनले बताए । ‘मदन भण्डारी राजमार्गमा पर्ने र यस कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएका पुलहरूको निर्माण सकिएको छ, अधिकांश पुलहरूबाट अहिले सवारीसाधनसमेत सञ्चालन भइरहेको छ,’ ढकालले भने ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्