Tuesday, December 6
Shadow

जी न्यूजले पीत पत्रकारिता गर्याे : महासंघ


  • -इ
  • इ+

काठमाडौं । भारतको टेलिभिजन च्यानल जी टिभीले नेपालका प्रधानमन्त्री र चिनियाँ राजदुतमाथि बनाएकाे रिपाेर्टमाथि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघका महासचिव रमेश विष्टटद्वारा विहिवार जारी विज्ञप्तिमा जी न्यूजको प्रचार असत्य भ्रामक र कपोलकल्पित भएको उल्लेख छ ।

अंग्रेजी र नेपाली दुवै भाषामा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ । यो पित पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर छ । यस्तो अनर्गल र बकवासपूर्ण कदमको महासंघ कडा शब्दमा भर्त्सना गर्छ ।’

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्