Sunday, April 2
Shadow

नेकपाका दोस्रो तहका नेताहरुको अपिल : सडक प्रदर्शन रोकौं


  • -इ
  • इ+

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताहरुले सडक प्रदर्शन र आरोप प्रत्यारोप रोक्न नेतृत्वसँग माग गरेका छन् ।

बिहीबार सिंहदरबारमा भएको छलफलमा नेताहरुले सामाजिक सञ्जालमा भइरहेको आरोप प्रत्यारोप र सडक प्रदर्शनले वातावरणलाई थप बिगार्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘नेताहरुको पक्ष विपक्षमा हुने नाराबाजीले वातावरण थप बिगार्छ’ एक नेताले भने, ‘त्यसैले महासचिवले स्टेटमेन्ट जारी गरेर रोक्न अध्यक्षद्वयलाई आग्रह गर्ने भनेका छौं । यसको जिम्मा नेता घनश्याम भुसाललाई दिएका छौं ।’

नेक स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि ओलीको समर्थनमा सडकमा प्रदर्शन भइरहेको छ ।

बुधबार भएको भेटमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदर्शन रोक्न प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए । तर ओलीले आफ्ना नेतालाई कारबाही गर्न खोजेपछि युवा विद्यार्थीले स्वत:स्फुर्त गरेको प्रदर्शन किन रोक्नु भनी प्रश्न गरेका थिए ।

तर नेकपाका नेताहरुले भने यसले पार्टी कार्यकर्ताबीच नै भिडन्त निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेकपाका दोस्रो तहका नेताहरुले पार्टी एकतालाई जुन सुकै हालतमा जोगाउनुपर्ने भन्दै दुई अध्यक्षबीच समझदारी कायम गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । यसका लागि वरिष्ठ नेताहरुसँग पनि परामर्श गर्न सुझाएका छन् ।

साथै विवाद समाधानका लागि उचाइबाट हस्तक्षेप गर्ने दोस्रो तहका नेताहरुले बताएका छन् । एक नेताले भने, ‘पार्टी एकताको ठोस आधार बनाउन प्रयास गर्ने समझदारी समेत भएको छ ।’

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्