Saturday, May 27
Shadow

सिन्धुलीमा जिप दुर्घटना, १ को मृत्यु, ३ जना घाइते


  • -इ
  • इ+

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका ५ को ग्रामीण सडकमा बुधबार साँझ जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ३ जना सख्त घाइते भएका छन् ।

सदरमुकाम सिन्धुलीमाढीबाट फिक्कलको डाँडाचौर जाँदै गरेको ना ४ च ५२८५ नं को जिप दुर्घटनामा वडा नं ५ का ६५ वर्षीय धर्मध्वज सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि खुर्कोट अस्पताल लैजादै गर्दा सख्त घाइते सुनुवारको बाटोमै मृत्यु भएको हो ।

रड र सिमेन्ट लिएर जाँदै गरेको जिप कर्फुस्थित ग्रामीण कच्ची सडकबाट करिब ५ सय मिटर खसेको थियो । वडा नं ५ कै सख्त घाइतेहरु गाडी चालक ४९ वर्षीय टोकनाथ पहाडी, ४३ वर्षीया भगवती पहाडी र १७ वर्षीय उज्वल सुनुवार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर केसीले जानकारी दिए ।

घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । ओभरलोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्