Sunday, March 26
Shadow

नेकपा स्थायी कमिटी बैठक असार २६ सम्म स्थगित


  • -इ
  • इ+

काठमाडौं । नेकपा स्थायी कमिटी  स्थगित भएको छ।  बैठक असार २६ गते ११ बजे बस्ने गरि स्थगित भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

दुई अध्यक्ष ओली र दाहाल बीच पुन आज बुधबार ४ बजे भेटको समय निर्धारण गरिएको छ। आज ४ बजे दुई नेता बीच  कुराकानी हुने  प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले पुष्टि गरेका छन्। आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक २ दिन पछि सारिएको हो।  नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच सहमति कायम गर्नका लागि भन्दै बैठक स्थगित हुँदै आएको छ।

हिजो र अस्ति लगातार दुई अध्यक्षले अलग्गै छलफल गरेपछि स्थायी कमिटी बैठकलाई निरन्तरता दिने सहमति भएको जनाइएकाे थियो तर अन्तिममा आएर बैठक स्थगित गरिएकाे छ।  असार १० गतेदेखि सुरु भएको बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री ओलीले सत्ता र पार्टी दुवैको नेतृत्व छाड्नुपर्ने माग गरेका थिए।

विवाद समाधानका लागि दुई अध्यक्ष एक्ला एक्लै छलफलमा छन्।  प्रधानमन्त्री ओलीले सरकार र पार्टीको नेतृत्वबाट राजीनामा दिनुपर्ने प्रचण्डको अडान छ भने ओलीले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्