Sunday, April 2
Shadow

शल्यक्रियापछि बैसाखीको सहारामा गायिका मेडोना, सेयर गरिन् टपलेस फोटो


  • -इ
  • इ+

एजेन्सी । अमेरिकी गायिका तथा गीत लेखिका मेडोना आफ्ना प्रशंसकलाई लगातार आफ्नो सेन्सेसनल मिडिया पोस्टमार्फत् चकित बनाइरहन्छिन् । ६१ वर्षीया मेडोनाको फिटनेस र सुन्दरताको कुरा गर्ने हो भने उनी आफ्नो उमेरको आधा जस्तो देखिन्छिन् । मेडोना सोसल मिडियामा सबैभन्दा धेरै सक्रिय रहने हलिउड सेलिब्रिटी मध्ये एक हुन् ।

इन्स्टाग्राममा मेडोनाद्वारा सेयर गरिएको हालैको तस्बिरमा उनी बैसाखीको सहारामा उभिएको देखिन्छिन् । मेडोनाको घुँडाको शल्यक्रिया भएको छ र उनी आफ्नो खुट्टामा धेरै दबाब नदिने मनसायले बैसाखीको सहारामा हिडिँरहेकी छिन् ।

मेडोनले घुँडाको शल्यक्रिया गरेको धेरै समयपछि आफ्नो तस्बिर सेयर गरेकी हुन् । उक्त तस्बिरमा उनी बैसाखीमा त उभिएकी छिन् तर टपलेस देखिएकी छिन् । उनले आफ्नो शरीरलाई हातको सहाराले छोपेकी छिन् ।

https://www.instagram.com/p/CCUtfVyhAe4/?utm_source=ig_web_copy_link

उनको फोटो सेयर भएको केही घण्टा भित्रै ६ लाख बढीले लाइक र सेयर गरेका छन् । मेडोनाले तस्बिर सेयर गर्दै लेखिन्, ‘सबैसँग एउटा बैसाखी हुन्छ ।’

उनको यो तस्बिरको कमेन्ट बक्समा उनका एक प्रशंसकले लेखे, ‘तपाईं निकै स्वतन्त्र र पहिलेको भन्दा निकै राम्रो देखिरहनुभएको छ । यो देखेर राम्रो लाग्यो ।’ यस्तै अर्का एक व्यक्तिले कमेन्टमा लेखे, ‘यो तस्बिर देखेर त मेरो सासै अड्कियो ।’

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्