Thursday, June 1
Shadow

आफ्ना विश्वभरका पसल बन्द गर्ने माइक्रोसफ्टको घोषणा


  • -इ
  • इ+

 एजेन्सी । माइक्रोसफ्टले एक विज्ञप्ति जारी गर्दै अबदेखि अनलाइन स्टोरमा ध्यान केन्द्रित गर्ने जनाएको छ । यद्यपि, ठ्याक्कै कुन मितिदेखि रिटेल स्टोरहरु बन्द गर्ने भन्ने चाहीँ माइक्रोसफ्टले खुलाएको छैन तथापि अबदेखि रिटेल स्टोरहरुमा पाइने सबै सामानहरु अनलाइनबाटै उपलब्ध गराइनेछ ।

रिटेल स्टोर बन्द गरेसँगै त्यहाँ कार्यरत कर्मचारीहरुलाई अनलाइन बिक्री तथा सहायता सम्बन्धि तालिम दिइने र ग्राहकहरुलाई अनलाइनमार्फत पहिले जस्तै सेवाको अनुभव प्रदान गरिने माइक्रोसफ्टले जनाएको छ ।

माइक्रोसफ्टका अनुसार अब केवल चारवटा मात्र स्टोर खुल्ला रहनेछन् र तिनमा समेत उसका प्रडक्टको बिक्री वितरण हुने छैन र केवल अनुभव केन्द्रको रुपमा प्रयोग गरिनेछ ।

विद्यमान परिवर्तित परिस्थितिमा अब डिजिटल स्टोरमा केन्द्रित हुने र लगानी समेत गर्ने माइक्रोसफ्टको भनाई छ ।

कम्पनीका अनुसार अहिले माइक्रोसफ्ट डट कम, एक्सबक्स तथा विन्डोज गरी विश्वका १ सय ९० देशमा १ अर्ब २० करोड मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् । मानिससम्म पुगिरहेको छ ।

कम्पनीका उपाध्यक्ष डेभिड पोर्टरका अनुसार कोरोना संकटका बेला अनलाइन बिक्रिमा तिव्रता आएको छ । माइक्रोसफ्टको पोर्टफोलियोमा अधिकांस डिजिटल प्रडक्टहरु रहेको र खुद्रा पसलहरुमा नगईकनै पनि उपभोक्ताहरुले अनलाइनबाटै गरिरहेको कारोबारबाट सन्तुष्ट रहेको उनको दाबी छ । एजेन्सी

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्