Friday, March 31
Shadow

विप्लव नेतृत्व नेकपा निकट युवा संगठनले भारतीय दूतावासमा ज्ञापनपत्र पठायो


  • -इ
  • इ+

काठमाण्डौं ।  विप्लव नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनले सीमा अतिक्रमणको विरोध गर्दै भारतीय दूतावासलाई ज्ञापनपत्र पठाएको छ । लिम्पियाधुरा लिपुलेक अतिक्रमणको विरोधमा ईमेल मार्फत ज्ञापनपत्र बुझाइएको संगठनका कार्यवाहक अध्यक्ष दिनेशले जानकारी दिए । दूतावासमा पठाईएको ज्ञापनपत्रमा भनिएको छ,‘

६ महिना अघि भारतले नेपाली भूमि लिम्पियाधुरालाई आफ्नो राजनैतिक नक्सामा सामेल गर्नु गम्भीर भूल र साम्राज्यवादी कार्य थियो हाल आउँदा सो क्षेत्रमा एक तर्फी रुपमा चीनको सीमा जोड्ने सडकको भारतिय रक्षामन्त्री राजनाथ सिंले भिडियो कन्फ्रेन्स मार्फत सडकको उदघाटन गर्नु, नेपाली राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डतामा भारतको साम्राज्यवादी नाङ्गो हस्तक्षेप हो ’

भारतले लिम्पियाधुरादेखी लिपुलेकसम्मको ३७२ वर्ग किलोमिटर मात्र भूभाग अतिक्रमण गरेको मात्र नभई अन्य जिल्लाका ७१ स्थानमा सीमा अतिक्रमण गरिएको पनि संगठनको विज्ञप्तिमा छ ।

संगठनले भनेको छ,‘ कूटनैतिक पहल भारतबाट भएको छ नत नेपालको दलाल सरकाबाट साम्राज्यवादी भारतले नाङ्गो हस्तक्षेप गरि रहने र नेपाली शाषकहरुले आत्मसमर्पण गरिरहने भएको हुँदा राष्ट्रियता खतरामा पर्न नदिन देशभक्त युवाहरु आम नागरिक स्वतन्त्रताको लागि स्वस्फूर्त प्रतिरोधका लागि सडक आउन वाध्य हुनेछन र भारतले आफ्नो हेपाहा प्रवृति तु बन्द गर्न संगठन जोड्दार माग गर्दछ ।’

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्