काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी जारी गरेको सबै सवारी पास रद्द गरेको छ ।
बुधबार दिउँसो संक्रमितको संख्या बढेपछि मन्त्रालयमा बसेको बैठकले सो निर्णय गरेको हो । लकडाउन खुकुलो बनाउँदै उद्योग, निर्माण सेवा, बैंक तथा वित्तीय संस्थामा आबद्ध भएकाले सम्बन्धित कार्यालयको पास देखाएर हिँडडुल गर्न पाएका थिए ।
तर अब सो सुविधासमेत रोकिएको छ । गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार अब जिल्लाभित्र हिँडुनका लागि नियामक निकायले दिएको पास अनिवार्य गरिएको छ ।
सञ्चारकर्मीलाई समेत सञ्चारगृहको पासमा कडाई गर्दै सूचना विभागबाट जारी पासका आधारमा मात्र हिँडडुल गर्न दिने निर्णय भएको उनले बताए ।