Tuesday, May 30
Shadow

नेपालमा एकै दिन थपिए ५७ जना कोरोना संक्रमित


  • -इ
  • इ+

काठमाडौं।  नेपालमा एकै पटक ५७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। थपिएका सबैजना संक्रमित पुरुष छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तु जिल्लामा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना थपिएका हुन्। स्वास्थमन्त्रालयका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मीकाे निगरानीमा छन्। यसअघि सोमबार रुपन्देही, कपिलवस्तु, बर्दिया र सप्तरीमा २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए। नेपालमा भेटिएकामध्ये हालसम्म ३० जनाभन्दा धेरै निको भएर घर फर्किएका छन्।

नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। स्मरणीय छ लकडाउन शुरु गरिएको पचासौं दिन भएका बेला यति ठूलो संख्यामा एकैचोटी संक्रमित फेला परेका हुन।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्