Thursday, June 1
Shadow

सिक्किमको सीमामा भारतीय र चीनयाँ सैनिकबीच झडप


  • -इ
  • इ+

काठमाण्डौं। सिक्किमको भारत चीन सीमामा भारतीय र चीनयाँ सैनिकबीच झडप भएको छ ।

भारतीय टेलिभिजन च्यानल आज तकको अनलाईन संस्करणले भारतीय सेनाको सुत्रलाई उदृढ गर्दै भनेको छ,‘उत्तरी सिक्किममा भारत तथा चीनका सैनिक आमनेसामने भएका छन् जसमा दुबै पक्षका केही सेना सामान्य घाईते भएका छन् । दुबैपक्ष आक्रमक भएपछि केही समान्य घाईते भएका छन् । ’

तनावपछि स्थानीय तहमै छलफल गरेर दुबै पक्षका सेना हटेका छन् । सीमामा गस्तीका क्रममा चीन र भारतका सेनाबीच बेलाबेलामा यस्ता घटनाहरु हुने गरका छन् ।

यो घटना लामो समयपछि भएको आजतकले लेखेको छ । झडप के कारणले भयो भन्नेबारेमा भने खुलाईएको छैन । चीन र भारतबीचपनि सिमाको विवाद रहको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्