Thursday, June 1
Shadow

विवाद बढेपछि नेकपा स्थायी समिति बैठक स्थगित


  • -इ
  • इ+

काठमाडौं । सचिवालय बैठकमा नेताहरूको मत नमिलेपछि भोलिका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

गत शनिबार बसेको सचिवालय बैठकले भोलिका लागि स्थायी कमिटीको बैठक तय गरेको थियो । तर, बैठकमा पेस गर्ने एजेण्डाका विषयमा अध्यक्षद्वयबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो ।

बैठकअघि भएका विभिन्न चरणका छलफलमा नेताहरू एकठाउँमा उभिन नसकेपछि सचिवालय बैठक त्यत्तिकै भाँडिएको थियो । बैठकपछि २ अध्यक्षबीच भएको छलफलमा पनि सहमति नजुटेपछि भोलिको स्थायी समिति बैठक स्थगित भएको हो ।

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्