काठमाडौँ। काठमाडौँको गैरीगाउँस्थित सुकुम्बासी बस्तीमा एका बिहानै बम भेटिएको छ।
सुकुम्बासी काल बहादुर बिकको घरमा रखिएको देखे पछि सुकुम्बासी टोल नै आताकित भएको थियो। बिक को आफन्तले प्रहरीमा खबर गरेपछि नेपाली सेनाको बम डिस्पोजल टोलिले बम डिस्पोज गरेको थियो। बम रखिएको आशंकामा प्रहरीले खोटांङ्गबासी बुद्धि बहादुर तामांङ पक्राउ परेका छन्।
सुकुम्बासी टोलमा बस्दै आएका निज तामांङले आफु प्रगतिशील मजदुर संगठनको केद्रीय अध्यक्ष दाबी गर्ने तामांङ टोललाई नै आतंकीत पार्दै आएको टोलबासीको गुनासो छ। तामाङलाई प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।