Monday, March 27
Shadow

नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ८२ पुग्यो


  • -इ
  • इ+

काठमाडौ। बाँकेको नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा आज विहान गरिएको परीक्षण नतिजा अनुसार थप ७ जनामा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको हो ।

संक्रमितहरु नेपालगञ्ज उपमहानगरपालिका ८ निवासी वर्ष २२, ३० र ४० बर्षका पुरुषहरु र ९, ३२,३४ र ५५ बर्षका महिलाहरु रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

यसअघि नेपालगञ्जकै सोही क्षेत्रमा १६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यो संगै नेपालगञ्जमै मात्रै संक्रमित हुनेकोसंख्या २३ पुगेको छ । यता देशभरको संक्रमितको संख्या भने ८२ पुगेको छ ।

कुल १६ जना संक्रमित उपचार पछि कोरोनामुक्त भएर घर फर्केका थिए । तर यता बीरगञ्जमा भने कोरोना मुक्त भएर घर फर्केका २ जनामा थप समस्या देखिएको भन्दै पुन भर्ना गरिएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्