Tuesday, December 6
Shadow

नेापल खेलकुदको स्वर्णमय साल


  • -इ
  • इ+

नेपाली खेलकुदका लागि स्वर्ण समयभन्दा फरक पर्दैन ।  नतिजाका हिसाबमा पानि यो वर्ष नेपालले राम्रै उपलब्धि हासिल गरेको छ । बितेका १२ महिना नियमित प्रशिक्षण, प्रतियोगिता र सकारात्मक नतिजाले खेलकुदमय वर्षको रूपमा रह्यो ।

वर्षको सुरुमै आठौं राष्ट्रिय खेलकुदसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) तथा अन्य केही अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाली खेलाडीहरू वर्षभर नै व्यस्त रहे ।

सागमा नतिजाको हिसाबमा नेपालले अहिलेसम्मकै ठूलो सफलता हासिल गर्‍यो । पूर्वाधार र नीतिमा पनि धेरै सुधार भयो । यस वर्ष खेलकुदको नियमक निकाय राष्ट्रिय खेलकुद परिषद्ले नयाँ नेतृत्व पनि पायो ।२७ खेलको स्पर्धामा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य गरी कुल २ सय ६ पदक जितेको थियो ।

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्