Wednesday, May 31
Shadow

अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाखभन्दा बढी


  • -इ
  • इ+

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १० लाखभन्दा बढी पुगेको छ । मृतकको संख्या पनि ५८ हजार ३ सय भन्दा बढी छ

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १० लाख ११ हजार ८ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मृतकको संख्या ५८ हजार ३ सय ४८ पुगेको छ । यस तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये करिब एक तिहाइ संक्रमित अमेरिकामा छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ३१ लाख १४ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने २ लाख १६ हजार ९ सय ८९ जनाको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परीक्षणको दायरा बढाएको भन्दै संक्रमितको संख्या विस्तारै शून्यमा झर्ने दोहोर्याएका छन् । गत फेब्रुअरी महिनामा अमेरिकामा १५ जना संक्रमित फेला पर्दा पनि ट्रम्पले त्यही कुरा भनेका थिए ।

अहिले अमेरिका कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । अमेरिकाको न्यूयोर्कमा मात्रै १७ हजार ६ सय ८२ जनाको मृत्यु भएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्