Wednesday, September 28
Shadow

 राजेन्द्र महतोको भन्छन – केपी ओली सरकारले फोहोरी खेल खेल्यो


  • -इ
  • इ+

राजपा फुटाउने दिवास्वप्न पूरा हुँदैन, समाजवादीसँग एकता हुन्छ : महतो

यो मानवता विरुद्धको अपराध

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले सरकारले आफ्नो पार्टीलाई फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको भए त्यो पूरा नहुने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकले सोमबार पार्टी फुटाउने प्रावधान खुकुलो बनाउन गरेको निर्णयबारे प्रतिक्रिया दिँदै महतोले अनलाइनखबरसँग भने, ‘राजपा वा समाजवादी पार्टी फुटाउने दिवास्वप्न कसैले देखेको छ भने त्यो पूरा हुँदैन ।’

सरकारको निर्णयले राजपा फुट्ने होइन, बरु समाजवादीसँग एकता गर्ने आधार बलियो भएको महतोको भनाइ छ ।

‘एकछिनलाई मान्नुस्, सरकारलाई लाग्यो रे, राजपा र समाजवादी नफुटाइ भएन, के यो त्यस्तो फोहरी खेल खेल्नेबेला हो ?’ महतोले अभियान पोष्टसँग सम्क्षिप्त कुरा गर्दै भने, ‘जनताको जीवन रक्षा गर्ने बेलामा सरकार यस्तो खेलमा लाग्नु भनेको मानवता विरुद्धको अपराध हो ।’

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्