Monday, May 29
Shadow

स्थानीय तहले राहत दिएनन् ? यि नम्बरमा फोन गर्नुस् !


  • -इ
  • इ+

काठमाण्डौं । विपन्न तथा श्रमिक वर्गले राहत नपाएको गुनासो गरेपछि सरकारले ७ वटै प्रदेशमा सम्पर्क व्यक्ति तोकेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुनासो सुनेर राहत वितरणलाई प्रभावकारी बनाउन भन्दै उपसचिव खटाएको हो ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘ राहत पाउन नसकेका उल्लेखित वर्गका व्यक्तिहरुले सम्पर्क गनुहुन तथा आ-आफ्नो टोल छिमेक र सम्पर्कमा रहेका पहुँच नभएका यस्ता व्यक्तिहरुको बारेमा एसएमएस मार्फत सम्पर्क गराइदिई सहयोग गर्नुहुन मन्त्रालय सम्पूर्ण राजनीतिकर्मी,बुद्धिजीवि,पेशाविद,सञ्चारकर्मी मित्रहरु,नागरिक समाज लगायत सम्पूर्ण मानुभावहरुलाई हार्दिक अनुरोध गर्दछ ।’

स्थानीय तहले आफ्ना क्षेत्रका नागरिकलाई मात्रै राहत बाड्न थालेपछि समस्या सुरु भएको थियो । कैयौ श्रमिकहरु कार्यक्षेत्र छोडेर कैयौ किलोमिटर हिंडेरै घर जाने गरेका छन् ।

पछिल्लो समय चर्को विरोध सुरु भएपछि असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग,मजदुर,विपन्न तथा असहाय वर्गलाई खानपानमा कुनै समस्या हुन नदिने भन्दै सरकारले ‘फोकल पर्सन’ तोकेको हो । संघीय सरकारले सम्पर्कका लागि तोकेका व्यक्तिहरु निम्न छन्:

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्