Wednesday, March 29
Shadow

उर्जामन्त्री पुनको समन्वयमा प्रदेश नं. ५ का झण्डै ४ सय नागरिक बसमा घर पठाईयो


  • -इ
  • इ+

काठमाडाै । लकडाउनका कारण काठमाण्डौं उपत्यकामा अलपत्र परेका प्रदेश नं. ५ का झण्डै ४ सयजना नागरिकलाई घर पठाईएको छ । भक्तपुर र ललितपुरमा रहेका उनीहरुलाई आज ८ वटा बसमा प्रदेश-५ मा पठाईएको हो ।

आज पठाईएका धेरैजसो भक्तपुर र ललितपुरका विभिन्न इट्टा उद्योगमा काम गर्ने रोल्पा, रुकुम, सल्यान, दाङ र प्यूठानका श्रमिक छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन को पहलमा काठमाण्डौंमा अलपत्र परेका प्रदेश नं.५ का नागरिकको उद्धार गरेर घर पठाईएको हो ।

ऊर्जामन्त्री पुनले आज साँझ भक्तपुर पुगेर अलपत्र परेका नागरिकहरुलाई ६ वटा बसमा विदाई गरे । दिउँसो दुईवटा बसमा पठाईएको थियो ।

रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित ऊर्जामन्त्री पुनलाई सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी कामका लागि प्रदेश नं. ५ को समन्वय गर्ने जिम्मेवारी दिएको छ ।

मन्त्री पुनले लकडाउनको समयमा सकेसम्म बसिरहेकै ठाउँमा बस्नुपर्ने र असाध्यै अप्ठ्यारा परेकाहरुलाई घर पठाउने सरकारको नीति रहेको जानकारी दिएका छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्