Wednesday, September 28
Shadow

थप एक जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो


  • -इ
  • इ+

काठमाण्डौं ।

नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना ६५ बर्षीया पुरुषमा कोरोनाको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेजमा भनेको छ,‘हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३१ रहेको छ जस मध्ये आज मात्रै १ जनामा नयाँ पुष्टी भएको छ ।’ मन्त्रालयले संक्रमित व्यक्तिको नाम र ठेगाना भने सार्वजनिक गरेको छैन ।

यसअघि ३० जनामा कोरोना संक्रमणको पुष्टि भएकोमा ३ जना निको भएर फर्किसकेका छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्