Saturday, May 27
Shadow

श्रमजीवीका पक्षमा सर्जकहरुले गरे सरकारलाई सजग


  • -इ
  • इ+

काठमाडौ । ख्याति कमाएका दर्जनाैं सर्जकहरुले मजदुर र श्रमजीवीलाई बाँच्न पाउने ग्यारेण्टी गर्न सरकारलाई सुजाएका छन् ।

बिश्व कोरोना भाइरल कोभिड 19 विरुद्धको लडाइँ रहेका बेला नेपालमा पनि यो बन्दाबन्दीको कडा असर परेको भन्दै उनीहरुले अहिलेकाे कठिन परिस्थितिमा मजदुर किसान साना आय भएका ब्यबसायी तथा  श्रमजीवी बर्ग अभाव भोकमरी हैरानी  खेप्न बाध्य भएको बताएका छन् ।

प्रमुख अभियान्ता रसुवाली कवि, वरिष्ठ कवि श्रवण मुकारुङ, अशाेक सुवेदीसहित दर्जनाैं अभियान्ताहरुले भनेका छन्, “रातरात शहर छोडेर गाउँतिर लम्किरहेका मान्छेहरुको हुल देख्दा तपाईं हाम्रो हृदय पग्लिन्छ । मानवताको भाव जागृत हुन्छ ।”

लकडाउनलाई झन कडा बनाउने नाउँमा प्रहरी आक्रमक बन्दै गएको भन्दै अभियान्ताहरुले अस्पतालबाट घर फर्किरहेका डाक्टर औषधी किनेर आएका सर्बसाधारण तथा गाउँ फर्किन बाध्यहरुलाइ प्रहरीले आक्रमण गरेकोमा कडा शब्दमा निन्दा गरेका छन् ।

“सरकारले न राहतको कार्यक्रम घोषणा गरेको  छ,  न गाउँ फर्किन बाध्य आम नागरिकलाई सुरक्षित ढंगले गन्तव्य पुर्याउने कुनै योजना नै बनाएको छ, बरु उल्टो प्रहरीदेखि सेनासम्म परिचालन गरिएको छ, विज्ञप्तिमा भनिएकाे छ, “जस्को कारण ठुलो जनसंख्या आपतमा परेको छ ।

उनीहरू बिचल्ली हुने स्थिति बन्दै गएको छ ।राज्यकै कारण लाखौं जनता भोकमरीको स्थितिमा पुग्ने बाताबरण सिर्जना भएको छ ।”
उनीहरुले राज्यलाई गम्भीरताका साथ   छिटोभन्दा छिटो आम श्रमजीवी नागरिकको जीवनलाई सम्बोधन गर्न अपिल गर्दै भनेका छन्, “हामी भन्छौं-  स्वास्थ परिक्षण गर्दै घर फर्किन बाध्य नागरिकहरुलाई गन्तव्यसम्म पुर्याउने बाताबरण तत्काल निर्माण गर, स्थानीय निकायको राहत बितरण प्रणाली ब्यबस्थित बनाउ पीडितसम्म राहत पुर्याउ र किसानहरुलाइ मल बीउ सहज बनाउ । कृषि  अनुदान कार्यक्रम घोषण गर । कृतिम अभावलाई नियन्त्रण गर । निर्बाध रूपमा दैनिक उपभोग्य बस्तुलाई उपभोक्ताको सहज पहुँचसम्म पुर्याउ । मजदुरहरुलाई सम्बोधन हुने रोजगार कार्यक्रम घोषणा गर । कमसेकम भाडामा बस्नेहरुलाई एक महिना भाडा छुट गर्न निर्देशन देउ । प्रहरी दमन बन्द गर ।” अभियान्ताहरुले
यी माग पुरा नभए सडकमा आउने बाध्य हुने चेतावनी पनि दिएका छन् ।
अभियान्ताहरु :
रसुवाली कवि लेखक तथा प्रमुख अभियन्ता ।
श्रवण मुकारुङ, चर्चित कवि ।
सुविन न्यौपाने कान्जीभाइ लेखक ।
जितेन्द्र तामाङ, लेखक तथा जनमुक्ति सेनाका पुर्ब कमान्डर ।
रत्न प्रसाद अनामणि साहित्यकार ।
अशोक सुवेदी , लेखक माक्र्सवादी । समालोचक ।
बिपि बिद्रोही साहित्यकार ।
बिज्ञान शर्मा लेखक राजनीतिक बिश्लेषक ।
तुलसी बास्कोटा लेखक तथा फिल्म निर्देशक ।
जन्मदेब जैसी, केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ ।
घनश्याम तिमल्सिना फिल्म निर्देशक कलाकार ।
अर्जुन बुढाथोकी खेलाडी राजनीतिकर्मी
योगेश बराल राजनीतिकर्मी ।
कुन्साङ कान्छा, अर्थ राजनीतिक बिश्लेषक ।
शङकर दुलाल, लेखक फिल्म निर्माता ।
राज्य राई फिल्म निर्देशक ।
बसन्त भेटुवाल, राजनीतिकर्मी ।
जीवन हमाल ,लेखक पत्रकार ।
दिपेन सिम्खडा, लेखक ।
सरोज सुनामी, लेखक ।
नमराज बिष्ट, लेखक मुक्तककार ।
कब्बु कबेरी, लेखक ।
नवीन घिमिरे, कलाकार ।
सर्ब श्रेष्ठ, प्रगतिशील क्रा.ट्रे.यु केन्द्रिय उपाध्यक्ष ।
उत्तम श्रेष्ठ, लेखक पत्रकार ।
प्रकाश दाहाल, ताप्लेजुङे लेखक, राजनीतिकर्मी ।
शिव शर्मा, कलाकार ।
याकथुङबा सुनिल आङबो, लेखक ।
ईश्वर कुमार मैनाली, लेखक ।
प्रभाती किरण, लेखक ।
गुरु चौधरी, लेखक ।
बिश्वास नेपाली, लेखक ।
महान त्यागी, लेखक ।
बिष्णु लामिछाने, सचेत नागरिक ।
दिपेन न्यौपाने, सचेत नागरिक ।
डिबि पराजुली, नागरिक अभियन्ता ।
जटिल कार्की, लेखक ।
दुर्लभ काइला, लेखक ।
सुमन सुनामी, लेखक ।
बेदनाथ ढकाल, लेखक ।
पिबि सङगम, सचेत नागरिक ।
कमल पाण्डे, सचेत नागरिक ।
सिङ्जान चेम्जोङ, लेखक ।
प्रकाश राहाडी मगर, लेखक ।
लामिछानेजी, लेखक ।
सुरज उपाध्याय, लेखक ।
दिपेन्द्र समर क्षेत्री, लेखक ।
अन्जान रिमाल, लेखक ।
अर्जुन नेपाली, लेखक ।
निर्मल खडका, लेखक ।
सङ्गम सुहाङ, लेखक ।
ओम प्रकाश घिमिरे, लेखक ।
जीवन दोङ तामाङ, लेखक ।
नवीन पण्डित, प्राध्यापक ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्