काठमाडौं । सरकारले बैशाख १५ सम्म लकडाउन गर्ने निर्णय गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन बैशाख १५ सम्म राख्ने निर्णय गरेको हो ।
बिहान ११ बजेदेखि बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
विश्वभर फैलिरहेको कोरोना भाइरसको जोखिम कम गर्न सरकारले लकडाउन बढाउने निर्णय गरेको हो ।सरकराले चैत ११ गते लकडाउन घोषणा गरेको थियो ।
पहिले सरकारले चैत १८, त्यसपछि २५ र अहिले बैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको थियो । अब भने बैशाख १५ सम्म लकडाउन रहनेछ ।
बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले भारतसँगको सिमानामा अझ कडाई गर्ने भएको छ ।
मन्त्रिपरिषदको बैठकमा भारतमा कोरोना भाइरस संक्रमण फैलिदो अवस्थामा रहेकाले सीमा क्षेत्रमा थप सुरक्षा तैनाथीसहित कडाई गर्ने बारेमा छलफल भएको एक मन्त्रीले बताए । लकडाउनलाई आन्तरिक रुपमा थप कडाई गर्दै सीमा क्षेत्रमा अझ निगरानी गर्न लागिएको बताईएकाे छ ।