हिरा लुट्ने नाइकेको फेसबुक प्रोफाइल पिक्चरमा प्रधानमन्त्री ओली

मकवानपुर हिरा लुट्ने गिरोहका मुख्य नाइके आफुलाई पत्रकार भन्ने सुजन आचार्यलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरी हिरासतमा राखेको छ । बहालवाला प्रधामन्त्री केपी शर्मा ओलीसंग टिका लगाएको फोटो उनले फेसबुकको कभर राखेका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुर स्रोतले दिएको जानकारी अनुसार उनले आफुलाई प्रधानमन्त्री ओलीको भान्जाको रुपमा प्रस्तुत गरेका थिए ।
म प्रधानमन्त्री ओलीको भान्जा हो, तिमिहरुले मलाई कति मिनेट थुनेर राख्न सक्छौ भन्दै प्रहरीलाई उनले धम्की दिएका थिए । प्रहरीको बिचमा आचार्यले आफु पत्रकार ऋषि धमलाको सालो भनेर पनि तर्साउन खोजेका थिए । तर उहाँ पत्रकार ऋषि धमलाको सालो र प्रधानमन्त्री ओलीको भान्जो नभएको स्रोतले दाबी गरेको छ । बरु उनीहरुले आबद्धनै नभएको मिडियाको परिचय पत्र बनाएर त्यसको दुरुपयोग गरेको स्रोत बताउँछ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आचार्यसहित ४ जनालाई १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
मकवानपुरका प्रहरी उपरिक्षक एसपी सुसिल सिंह राठोरले ‘हिरा’ लुट्ने गिरोहमा संलग्न ४ जनामाथि थप अनुसन्धान गरी कडा कारबाही गरिने बताउनुभयो । हिजो आइतबार साँझ कैलाश गाउँपालिका वडा नम्वर ५ मा धनलक्ष्मी गुरुङको घरमा पुगी ‘हिरा’ लुटेपछि उनीहरुलाई प्रहरी चौकी पालुङले पक्राउ गरेको थियो ।