काठमाडौ । कारोना भाइरसबाट काठमाडौंमा मृत्यु भएको भन्दै झुटो प्रचार गर्ने एक युकलाई प्रहरीले पक्राउ गरेको छ ।
फेसबुक मेसेञ्जरमार्फत् अफवाह फैलाएको थाहा पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापामगरलाई पक्राउ गरेको छ ।