काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका तीन नेतालाई प्रहरीले काठमाडौंबाट गिरफ्तार गरेको छ ।
विप्लव नेतृत्वको नेकपाका युवा नेताहरु अमिल कुमाल, लक्ष्मण सेटी र टेक लुहारलाई शुक्रबार साँझ प्रहरीले काठमाडौंको रानीबारीबाट गिरफ्तार गरेको हो । कुमाल र सेटी कैलालीका हुन् भने लुहार कालिकोटका भएको प्रहरीले स्रोतले बताएको छ ।
तीनै जनालाई अपराध महाशाखा टेकुमा राखिएको छ । प्रहरीले उनिहरुबारे थप अनुसन्धान गरिरहेको छ ।
पूर्वसंचरमन्त्री गोकुल बास्कोटाको घरमा भएको बिस्फोटमा संलग्न भएको आशंकामा गिरफ्तार गरेको प्रहरी उच्च स्रोतले बतायो ।