काठमाडौ । पुर्व मन्त्री नविन विश्वकर्मा र पुर्व सभाषद धिरिन्दा कुमारी उपाध्याय ‘भृकुटी’ लाई सर्वाेच्च अदालतले रिहा अादेश दिएलगत्तै गेटबाटै प्रहरीले पुन: पक्राउ गरेकाे छ ।
बन्दीप्रत्यक्षीकरण रिटबाट रिहा गरिएका नविन र भृकुटीलाई सादा पाेशाकका प्रहरीले पक्राउ गरि बेपत्ता पारिएकाे अाफन्तले बताएका छन् । यसअघि पाटन उच्च अदालत, धरान जिल्ला अदालत, कालिकोट जिल्ला अदालतबाट रिहा हुँदै गिरफ्तार हुँदै अाएका दुवै जनालाई दैलेख जिल्ला प्रहरीले पुन: गिरफ्तार गरि अभद्र व्यवहारकाे मुद्दालगाएकाे थियाे ।
गएकाे साता उमेश उपाध्यायले दायर गरेकाे रिटउपर साेमबार अादेश जारी गर्दै सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह रावत र मनाेजकुमार शर्माकाे संयुक्त इजलाशले रिहा गर्न अादेश दिएकाे थियाे ।