काठमाडौँ । कोरोना भाइरसबाट डराउनु नपर्ने तर सतर्कता अपनाउनु पर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले नेपालमा अहिले नै आतंकित हुनु पर्ने अवस्था नभएको बताए ।
मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोरोना भाइरसको सम्भावित संक्रमणपछि अपनाउनुपर्ने सबै तयारी सरकारले गरेको बताए । उनले आतंकित गर्नेगरी समाचारलाई सम्प्रेशण नगर्न संचारमाध्यमलाई आग्रह समेत गरे ।
मन्त्री रावतले स्वास्थ्य मन्त्रालयले तीनवटै सरकारसँग समन्वय गरेर कोरोना भाइरसविरुद्ध तयारी गरिरहेको जानकारी समेत दिए ।
कार्यक्रममा हालै चीनको वुहानबाट फर्किएका डा. रमेश आचार्यले ज्वरो र रुघाखोकी लाग्दैमा आत्तिनु नपर्ने बताए । उनले एकैपटक १०२ डिग्री ज्वरो आउनु कोरोनाको पहिलो र मुख्य लक्षण भएको बताए । त्यसैगरी श्वासप्रशासमा समस्या र सुख्खा खोकी लागिरहे तुरुन्त स्वास्थ्य संस्थामा गएर जाँच गराउन सुझाव समेत दिए ।
वुहानमा कोरोना भाइरसका बिरामीको उपचारमा खटिएर फर्किएका डा. आचार्यले चीन सरकारको सतर्कताका कारण रोग नियन्त्रणमा आएको बताए । आचार्यले कोरोनाबाट डराउनु भन्दा सतर्कता अपाउन सुझाव दिए । उनले कोरोना भाइरस सफा र फोहोर दुबै ठाउँमा पाइने बताए । एक हप्तासम्म भाइरस जीवित हुन सक्ने भएकोले विशेष ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै डा. आचार्यले सबै नेपालीले थर्मोमिटर किनेर राख्न सुझाव समेत दिए । उनले भिडभाड हुने सपिङ मल, डिपार्टमेन्ट स्टोरहरुमा पनि ज्वारो जाँच्ने व्यवस्था गर्न सरकारलाई सुझाव समेत दिए ।
त्यसैले डा. आचार्यले नेपालमा धेरै मन्दिर र मस्जिद बन्द गर्न वा खाली खुट्टा नहिड्ने व्यवस्था गर्न समेत सरकारलाई सुझाव दिए । “हामी देशमा धेरै मन्दिर, मस्जिद र गुम्बा छन् । त्यहाँ दैनिक भिडभाड हुन्छ । खाली खुट्टा हिड्ने भएकोले भाइरस संक्रमणको जोखिम उच्च रहन्छ” आचार्यले भने । उनले कोरोनाको शंका लागेका बिरामीहरुलाई सरकारले तुरुन्तै स्वास्थ्य संस्थामा पुर्याउने व्यवस्था गर्नुपर्ने बताए ।
त्यसैगरी कार्यक्रममा स्वास्थ्य तथा विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले बजारमा मास्क–सेन्सटाइनको अभाव भएकोले कालोबजारी भएको बताए । मागअनुसार आपूर्ति हुन नसकेको बताए ।
मास्क देशमा उत्पादन नहुने र बाहिरबाट ल्याउने भएकोले उतै मूल्य बढेकोले पूरानै मूल्यमा व्यवसायीले दिन नसकेको बताए ।
‘कोरोना’बाट नडराएर सतर्कता अपनाउन आग्रह
- -इ
- इ
- इ+