हेटौंडा, २५ फागुन । नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबिच भएको द्विपक्षीय सम्झौताअनुसार एकीकृत ग्रामिण सेवा विकास, हेटौंडाको आयोजनामा दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
हेल्भेट्स नेपालको प्राविधिक सहयोग तथा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामीको कर्मचारीहरुका लागि संचालन भएको अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको हो ।स्वदेशमा नै रोजगारी गरौं वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं भन्ने मुल नाराका साथ यो परियोजना १६ डिसेम्बर २०१८ देखि १५ जुलाई २०२२ सम्म संचालन गरिएको हो ।कर्मचारीको दायित्व र आपसमा कसरी समन्वय गरेर अगाडी बढ्ने भन्ने विषयमा भएको अभिमुखिकरण कार्यक्रममा २२ जना सहभागि रहेको थियो ।
देशका ३९ जिल्लाका १ सय ५६ वटा स्थानिय तहको प्रमुखको अध्यक्षतामा आप्रवासी स्रोत केन्द्र र स्थानिय सरकार परियोजना व्यवस्थापन समिति समेत रहने व्यवस्था गरिएको छ ।त्यसैगरी, प्रदेश तहमा सामाजिक विकास मन्त्रालयको सचिवको अध्यक्षतामा परियोजना समन्वय समिति र संघीय तहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवको अध्यक्षतामा परियोजना निर्देशक समिति रहने छ ।