हेटौंडाका बल प्रहरीको नियन्त्रणमा

हेटौंडा, २१ फागुन । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित हेटौंडाका एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले लागूऔषध गाँजा १ किलोसहित हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ फारलाईन बस्ने ५७ वर्षीय रामबहादुर बललाई नियन्त्रणमा लिएको हो ।
बललाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले मंगलबार घरबाटै नियन्त्रणमा लिएको जनाइएको छ ।
उहाँलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही गरिरहेको मकवानपुर प्रहरीले जनाइएको छ ।